पुनः स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

192
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । गएराति स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

 

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ । गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो ।

Share: