तिनाउमा पौडी खेल्दा डुबेर युवकको मृत्यु

Share:

काठमान्डौ/ तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत् ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।

 

शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए ।

 

परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Share: