सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

157
0
Share:

काठमान्डौ/साताको दोस्रो दिन आज सुनको मूल्य स्थिर रहेको छ । हिजो कारोबार दिन अर्थात् आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ।

 

आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ ।

Share: