
काठमान्डौ/टेक्ससस्थित टाइलरमा शनिबार भएको सडक दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ भने चार जना नेपाली घाइते भएका छन् । उनीहरु सवार पिकअपलाई ट्रकले ठक्कर दिँदा ३४ वर्षीय सिर्जन ज्ञवाली र ११ वर्षीय बालक इमेज कार्कीको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी दिनेश कार्की, गङ्गा कार्की, इभान कार्की र सिजन प्याकुरेल घाइते भएका हुन् । प्याकुरेलको अवस्था सामान्य रहे पनि अन्य तीन जनाको अवस्था भने गम्भीर रहेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक इमेज टेक्ससमा व्यवसाय गर्दै आएका दिनेश र गङ्गाका छोरा हुन् भने मृतक ज्ञवालीले कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।