नेपाल-भारत सम्बन्ध हिमालझैँ उचाइमा छः मन्त्री किराँती

Share:

काठमान्डौ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाइझैँ अघि बढिरहेको बताएका छन् ।

 

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाइमा पुगेको बताएका हुन् । उनले योग गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आउन आह्वान गरे ।

 

मन्त्री किराँतीले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए । उनले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुन सके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए ।

 

मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण सम्बन्ध विस्तारका लागि कोशेढुंगा सावित भएको बताए ।

Share: