
काठमान्डौ/भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेका छन् । चलचित्रको प्रदर्शन रोक्ने बालेनको निर्णय कानुनविपरीत रहेको भन्दै चलचित्र संघले आज अदालतमा रिट दायर गरेका हुन् ।
बालेनले भारतीय चलचित्र आदिपुरुषमा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएको भन्दै सोमबारदेखि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । उक्त निर्णयविरुद्ध हल सञ्चालकहरु अदालत पुगेका हुन् । सो रिटको बिहीबारका लागि पेशी तोकिएको छ ।