Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँ महानगरले थाल्यो दोस्रो चरणमा बाल श्रमिकको उद्धार – Lekhanpeeth

काठमाडौँ महानगरले थाल्यो दोस्रो चरणमा बाल श्रमिकको उद्धार

153
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले दोस्रो चरणको बाल श्रमिकको उद्धार गर्न सुरु गरेको छ ।

 

आज काठमाडौँ महानगरपालिका वडा-१ स्थित आईएस मम एण्ड खाजाघर मा जोखिमपूर्ण अवस्थामा श्रममा संलग्न गराइएको अवस्थामा १४ वर्षीय बालकको काठमाडौँ महानगरपालिका बागमती श्रम तथा रोजगार कार्यालय सेवा, बालबालिका खोजतलास सेवा (१०४) सहितको संयुक्त टोलीले उद्धार गरेको हो।

 

उद्धार पश्चात् उक्त बालकलाई अस्थायी संरक्षण मनोविमर्श स्वास्थ्य उपचार लगायतका सेवा प्रदान गर्ने गरी अस्थायी संरक्षणमा सिफारिस गरिएको छ। योसँगै काठमाडौँ महानगरपालिकाले २५ बालक र २७ बालिका गरी कुल ५२ जना बालबालिका श्रमिकहरूको उद्धार गरिसकेको छ ।

 

महानगरपालिकाले पहिलो चरणमा उद्धार भएका सबै बालबालिकाको घटना व्यवस्थापन कार्य सकाएपछि दोस्रो चरणको बाल श्रमिकहरूलाई उद्धार कार्य सुरु गरेको जनाएको छ ।

Share: