
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद् रवि लामिछानेले सीमा क्षेत्रमा आउने विषादीयुक्त तरकारी जाँच गर्न प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् । उनले आज बजेटमाथि भएको मन्त्रालयगत छलफलमा भारत लगायत तेस्रो मुलुकबाट आउने तरकारीको विषादी जाँच गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
भारत भ्रमणलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सुपरहिट भने पनि केही पनि गर्न नसकेको भन्दै उनले ईपीजी, हवाई रुट, कालापानीबाट भारतीय सेना हटाउन नसके पनि विषादीयुक्त तरकारी रोक्न अनुरोध गरेका छन् ।