नेदरल्यान्ड्ससँग पराजीत भएसँगै समुह चरणबाटै बाहीरीयो नेपाल

204
0
Share:

काठमान्डौ/ब्याटिङ नचलेपछि राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएको छ। जिम्बाब्वेको हरारेमा शनिवार भएको खेलमा नेपाल ७ विकेटले पराजित भयो।

 

पछिल्ला दुई खेलमा प्रभावकारी ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सको अगाडि भने चल्न सकेन। टोलीले ४४।३ ओभरमा अलआउट हुँदै जम्मा १६७ रनको मध्यम स्कोर बनायो। जसलाई अनुभवी नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७।१ ओभरमा सहजै पूरा गर्‍यो।

 

हारसँगै नेपालको सुपर सिक्स पुग्ने ढोका बन्द भएको छ। चार खेलमध्ये एउटामा मात्रै जितेको नेपालको २ अङ्क छ भने नेदरल्यान्ड्सले ४ अङ्क जोडेर सुपर सिक्स सुनिश्चित गरेको छ।

 

विश्वकप क्रिकेटको छनोट चरण अन्तर्गत पाँच(पाँचवटा टोली रहेको दुई समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने नियम छ। सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आगामी सेप्टेम्बरमा हुने एक दिवसीय विश्वकप क्रिकेट खेल्नेछन्।

 

Share: