सरकारी शिक्षक सरह निजी शिक्षकलाई पनि तलब दिन बालेनको निर्देशन

255
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिन निर्देशन दिएका छन् ।
निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् । उनले आज बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेखेर यस्तो बताएका हुन् ।

 

मेयर बालेनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन् । उनले सरकारी विद्यालयको तलब स्केलसरह सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई आग्रहसमेत गरेका छन् ।

Share: