
काठमान्डौ/सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पेश गरेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश डा.कुमार चुँडालको एकल इजलासले यस्तो आदेश दिएको हो । उक्त प्रकरणमा पक्राउ परेका तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ । सर्वोच्च अदालतका अनुसार न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।
आदेशमा भनिएको, ‘यसमा के कसो भएको होरु निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने होरु आदेश जारी हुन नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणहरूसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र निवेदन पत्रको प्रतिलिपीसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नू ।’