
काठमान्डौ/साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ भने कारोबार रकम ५ अर्ब नाघेको छ ।आजको दिन नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७।२९ बिन्दुमा कायम भएको हो ।
विभिन्न कम्पनीका १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
आज बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर आज सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा हिमालयन लाइफ इन्सयोरेन्सको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।