Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकामा गोली प्रहारबाट चार जनाको मृत्यु, दुई जना घाइते – Lekhanpeeth

अमेरिकामा गोली प्रहारबाट चार जनाको मृत्यु, दुई जना घाइते

351
0
Share:

काठमान्डौ/अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा सोमबार गोली हानी चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा दुई र १३ वर्षका दुई बालबालिका घाइते भएका छन् ।

 

मृत्यु हुनेमा सबै पुरुष रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने संदिग्ध बन्दुकधारीलाई हिरासतमा राखिएको र ती व्यक्तिको साथबाट राइफल र ह्यान्डगन बरामद गरिएको छ । ती व्यक्तिले बुलेटप्रुफ भेस्ट लगाएको प्रहरीले जनाएको छ । जुलाई ४ अर्थात् मंगलबार अमेरिकाले मनाउने स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा यो घटना भएको हो ।

 

यसअघि, आइतबार मेरिल्यान्डको बाल्टिमोरमा भएको गोलबारीमा दुईजनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । बीबीसीबाट

Share: