Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभाको बैठक बस्दै – Lekhanpeeth

राष्ट्रिय सभाको बैठक बस्दै

292
0
Share:

काठमान्डौ/राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १ बजे बस्ने गरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।

 

बुधबार दिउँसो साढे २:३० बजे बैठक प्रारम्भ हुने बित्तिकै एमालेका सांसदले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए।

 

एमाले सांसदको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः पौने ५ बजे बैठक बस्ने सूचना जारी गरेको थियो।

 

तर त्यो समयमा पनि बैठक बस्न सकेन। सो बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

Share: