
काठमान्डौ/महेन्द्र एक दुरदर्शी राजा थिए । उनलाइ धेरैले नरम राजा पनि भन्दछन् । उनि सहि समय र सहि व्यक्तिको पहिचान गर्न खप्पिस थिए । एक दिन राजा महेन्द्र लाइ भेट्न उनका एक भारदार आए र भने ‘मैले तपाईको मंत्रीको बारेमा एउटा कुरा सुने र तपाई लाइ भन्न आएको हुँ ।’
राजा महेन्द्र एकछिन सोचमग्न भए र भने ‘तपाईले मलाई त्यो कुरा सुनाउनु भन्दा पहिले म तपाई ले भन्न खोज्नु भएको चिज मैले सुन्न पर्ने हो कि होइन भन्ने परख गर्न चाहान्छु । त्येसका लागि म तपाई लाइ तीन वोटा कोणस सत्यता,उपयोगिता र सुविचार मा आधारित तीन वोटा प्रश्न सोध्नेछु’
भारदार जवाफ फर्कौउछन ‘हुन्छ सरकार’ ।
महेन्द्र : पहिलो प्रश्न सत्यता मा आधारित छ । के तपाई ले मलाई भन्न लाग्नु भएको चिज सत्य हो कि होइन तपाई ले जाच गर्नु भयो ?
भारदार : छैन सरकार मैले सुनेको मात्र हुँ ।
महेन्द्र : दोश्रो प्रश्न सुविचारमा आधारित छ । के तपाईले सुनाउन आउनु भएको चिज उनको राम्रो पक्ष्यको बारेमा हो कि नराम्रो पक्ष्यको बारेमा हो ?
भारदार : नराम्रो पक्ष्यको बारेमा हो सरकार
महेन्द्र : ओहो उसो भए तपाईले सुनाउन आउनु भएको चिज उनको नराम्रो पक्ष्यको बारेमा हो र तपाईलाइ त्यो सत्य हो कि होइन थाहा छैन है ?
भारदार : हो सरकार
महेन्द्र : ठिक छ, तेस्रो प्रश्न पनि सोध्छु । यो उपयोगिता मा आधारित छ । तपाईले सुनाउन आउनु भएको चिज मेरो लागि कति उपयोगी छ ?
भारदार : हजुरलाई खासै उपयोगी छैन सरकार
महेन्द्रले लामो स्वास लिए र भने ‘तपाई मलाई एस्तो कुरा भन्न आउनु भयो जुन सत्य हो भन्ने प्रमाण छैन, त्यो कुरा राम्रो चिजको बारेमा पनि होइन र मेरो लागि उपयोगी नि छैन। मैले यो कुरा किन सुन्ने र तपाई ले पनि किन सुनाउने ?’ भारदार छक्क परे र मन मनै आफै घोत्लिन थाले ।
अत:
कुरा काट्नु नराम्रो चिज हो । हामी धेरैलाइ कुरा काट्न पाउदा रमाइलो लाग्दछ तर अर्काको कुरा काट्दा हाम्रो आफ्नै मनमा तितोपन र द्वेष भरिन जान्छ ।