यी हुन् सबै भन्दा खुसि व्यक्तिका ६ उपदेश

311
0
Share:

काठमान्डौ/१संसार मा अरु धेरै चिज छन् जुन पैसा भन्दा मुल्यवान छन् : पैसा को पछाडी भाग्नु र पैसाको लागि गुलाम बन्न सजिलो छ। हाम्रो समाजले नै घनी र पैसालाइ मात्र चिन्दछ। तर के यो सहि होरु कदापी होइन। पैसा भनेको अन्य चिजहरु सरह क्षणीक चिज जो। यो आउछ र जान्छ। भौतिकबाद र सुख सयल को जिन्दगीको पछाडी भाग्दा भाग्दै हामी मानसिक, सारीरिक र भावनात्मक रुपमा कमजोर भैसकेका हुन्छौ। पैसा भन्दा मूल्यवान चिजहरु धेरै छन् जस्तै अनुभब, असल संबन्ध, आत्म-मूल्य, सेवाभाब र लक्ष्य। यी संसारमा पैसा तिरेर पनि नपाइने चिजहरु हुन् र एस्ता चिजहरुको कुनै मूल्य छैन।

 

२ आफ्नै कमजोरीका कारण अरु प्रति घृणा पैदा हुन्छ:

 

कमजोर व्यक्तिमा भावनात्मक बुद्धिमत्ता हुँदैन। भावनात्मक बुद्धिमत्ता नभएका ब्यक्तीहरु सजिलैअरु लाइ घृणा गर्दछन्। उनीहरु मूल्य र मान्यताका हिसाब ले अत्यन्त कमजोर धरातलमा उभिएका हुन्छन र अर्का को दोष देखाएर आफु उम्किन खोज्दछन। अरु प्रति घृणा पैदा हुने कारण नै येही हो। घृणा यस्तो मानिसिक रोग हो कि यसले हाम्रो दिमागलाइ कहिलै सुविचार तिर डोहोराउन दिदैन र स्वयम् आफू र अर्कालाइ हानी पुर्याउँदछ। उदाहरणको लागि नस्लीय सोच भएको हिटलरले लाखौ यहुदीहरुलाइ मार्ने र बन्धक बनाउने कार्य गर्यो। के जर्मनीका आम नागरिकहरुलाइ यो चिज गलत हो भन्ने थाहा थिएन र रु तर कसैले ले पनि येस बिरुद्ध आवाज उठाउने साहास किन गरेन रु किन कि त्यस बेलाको जर्मनीको समाज आफुलाइ हिटलरको सत्ता अगाडी कमजोर सम्झिन्थ्यो। उनीहरुको कमजोर मानसिकतासँग हिटलरले खेल्न पायो र उनीहरुको कमजोरी माथि टेक्दै यहुदीप्रति घृणा गर्न सिकायो।

 

३ भोलि अवस्य आउने छ, एक एक पाइला गर्दै अगाडी बढ्नुस: बहुसंख्यक मान्छे हरेस खाएर काम धन्दा छोडछन् किन कि उनिहरु सोचछन् यो दुख कहिलै सकिदैन। धेरैले आत्महत्याको बाटो पनि रोज्छन। उनिहरु क्षणीक दुखमा अल्झेर आफ्नो बृहत भविस्य बिर्सन्छन् र आफूले बनाएको संसार त्यागेर हिँड्छन। एउटा भनाइ छ । ‘जति जति हामी आफ्नो गन्तव्य नजिक पुग्छौ तेत्ति नै हाम्रो लक्ष्य धुमिल देखिन्छ।’ आफ्नो अवस्था अनुसार चल्नुहोस्, फजुल खर्च नगर्नुहोस्, तार्किक बौधिकता उपयोग गर्नुहोस् र दुरदर्शी हुनुहोस्।

 

४ दया र माया तपाईले जसबाट पनि पाउनुहुन्छ, नचिनेकै मान्छेबाट पनि:यदि तपाई बाहिर बजार वा चोकतिर जानुभयो भने तपाईले तुरुन्तै थाहा पाउनु हुन्छ कि दु:ख पाइरहेको तपाई मात्र होइन अरु पनि छन्। तपाईको जस्तै पिडा अरुको पनि छ। तर समस्या के हो भने तपाईले खुलेर आफ्नो जिन्दगीको बारेमा, आफ्नो दुखको बारेमा कसैलाइ पनि भन्न सक्नुहुन्न र भित्र भित्र आफै निसास्सिनु हुन्छ। याद राख्नुस तपाईले आफ्नो दुख पोख्न सक्नुहुन्छ, आफ्नो मनको भारी बिसाउन सक्नुहुन्छ। तपाई एक्लो हुनुहुन्न, सबै लाइ आफ्नो दुख सुनाउने साथी चाहिएको छ। आफ्नो दुख अरुसंग बाड्नुस धेरैले तपाई लाइ सहयोगी हातहरु बढाउने छन्।

 

५ एउटा असल साथी :संसार कै सबै भन्दा ठुलो चिज भनेको अरुबाट माया पाउनु हो। माया र मित्रता नै दुख मेटाउने अचुक औषधी हुन्। नौजवान र युवाहरुलाइ त असल साथी बनाउनु अति नै जरुरी छ। साथी भनेको येस्तो व्यक्ति हो जो संग भावनात्मक सुख र दुख साटिन्छ। पैसा र रमाइलोको लागी मात्र बन्ने साथीहरु तपाईका सत्रु भन्दा पनि खराब हुन्। असल साथी बिना मानब जीवन अपूर्ण छ। असल साथीले तपाईलाइ जीवन जिउन सिकाउछ र प्रेम गर्न सिकाउछ।

 

६ शिक्षा ले नै जिबन रक्षा गर्छ:शिक्षा भन्नाले बिद्यालय, क्याम्पसमा पढाइने औपचारिक शिक्षा मात्र भन्न खोजिएको होइन। हो, औपचारिक शिक्षाले तपाईलाइ धेरै अवसर हरु प्रदान गर्दछ तर जीवन उपयोगी ब्यवहारिक शिक्षा त्यो भन्दा पनि महत्वपुर्ण छ जस्तैस मानबता, विश्व दृष्टी, सामाजिक मूल्य-मान्यता, प्रकृति प्रेम, सहिष्णुता, समभाव आदी। ब्यबहारिक शिक्षाले आत्मनिर्भर हुन सिकाउछ र राम्रो अनि फलदायी जीवन जिउन तपाई कसै माथी आश्रित हुनपर्दैन।

 

तपाईले यो संसार परिवर्तन गर्न सक्नुहुन्न तर तपाई आफै परिवर्तन हुन भने अवस्य सक्नुहुन्छ। हामी सबैमा परिवर्तन आवस्यक छ ताकी नेपाली समाज अब्बल समाज को रुपमा अगाडी बढोस्। सुभ दिन !

Share: