
काठमान्डौ/प्रहरीले नाबालिगलाई क्लबभित्र प्रवेश गरेको आरोपमा एलओडीका अर्का सञ्चालकलाई पनि पक्राउ गरेको छ ।
शुक्रबार काठमान्डौ ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स)का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ परेका हुन् । बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए ।
उनीहरूलाई बालबालिका सम्बन्धी ऐन २०७५ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसरकाठमान्डौमा बुझाइँदै छ । उनीहरूलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।