Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सातदोबाटोबाट अवैध कल सेन्टर सञ्चालन गर्ने ५३ जना पक्राउ – Lekhanpeeth

सातदोबाटोबाट अवैध कल सेन्टर सञ्चालन गर्ने ५३ जना पक्राउ

183
0
Share:

काठमान्डौ/प्रहरीले ललितपुरको सातदोबाटोबाट एक अवैध कल सेन्टर सञ्चालन गर्ने ५३ जना पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेका छन्। सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाका अनुसार उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको छ।

 

पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

Share: