Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेद्वारा कोशी सरकारविरुद्ध सर्वोच्च रिट – Lekhanpeeth

एमालेद्वारा कोशी सरकारविरुद्ध सर्वोच्च रिट

274
0
Share:

काठमान्डौ/नेकपा एमाले कोशीका संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

 

प्रदेश सभा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

 

कार्कीले संविधानको धारा १६८ ९२० बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ ९३० अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेका छन् ।

 

सो उपधारा अनुसार प्रदेश सभामा रहेको सबभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश माग्दै कार्की सर्वोच्च पुगेका हुन् ।

Share: