Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजिनामा – Lekhanpeeth

माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजिनामा

187
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रले लेखा समितिको बैठकमै सभापति ऋषिकेश पोखरेलको राजिनामा माग गरेको छ। सोमबार बसेको समितिको बैठकमा सभापति पोखरेलको राजिनामा माग गरिएको हो।

 

माओवादी सांसद अमनलाल मोदीले सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताउँदै मार्गप्रशस्त गर्न भनेका हुन्।

 

‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ। सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ,’ उनले भने, ‘यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ । लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ ।’

Share: