बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? (आजको बजार भाउसहित)

166
0
Share:

काठमान्डौ/साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला सात सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।

Share: