नायिका आँचल पुगिन् साइबर ब्युरो

192
0
Share:

काठमान्डौ/सामाजिक सञ्जालमा आफ्नो चरित्रमा आँच आउने ढंगले पोस्ट भएको भन्दै नायिका आँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारबाही गर्न भन्दै निवेदन दिएकी हुन् ।

 

आँचलको निवेदनमा ‘आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारबाही गरी पाऊँ’ भनी लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्बिर, अक्षर स्क्रिन सट पनि पेश गरेकी छन् ।

 

यसैबीच अभिनेता दयाहाङ राईले यस विषयमा फेसबुक पोस्ट गर्दै तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् ।

Share: