प्रमुख प्रशासकीय अधिकृत र जनप्रतीनिधीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खानेपानी ट्याङ्की निर्माण लागि आएको रकम कामै नगरी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही र वडाध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरिएको हो ।

 

चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्याङ्की निर्माणका लागि आर्थिक वर्ष ०७७(७८ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित रकममा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

 

ट्याङ्की निर्माण आयोजनामा काम नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीका लागि स्वीकृत गरेर ६ लाख ४८ हजार सात सय ८६ भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ ।

 

भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत शाहीलाई पूरा अनियमितता भएकै अङ्कमा बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ ।

 

गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी र प्राविधिक सहायक (सब इन्जिनियर) गोभधन बोहोरालाई त्यति नै बिगो कायम गरिएको छ। लेखापाल नवीन रेग्मीविरुद्ध पनि सोही अङ्कमा बिगो मागदाबी गरिएको छ ।

 

वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्यायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटा ९धिताल०विरुद्ध ६ लाख ४८ हजार सात सय ८६ बिगो दाबी गरिएको छ ।

Share: