प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

113
0
Share:

काठमान्डौ/प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे संसद भवन, नयाँ वानेश्वरमा बस्ने छ । आजको बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ

 

त्यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठले दिएको विरोधको सूचनाहरूलाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

 

त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् । आजकै बैठकमा उनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी कानुनमन्त्री गुरुङले प्रस्ताव पेस गर्नेछन् ।

 

त्यसपछि उक्त विधेयकमाथि प्राप्त संसाधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारितका लागि प्रस्ताव गरिनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सम्भावना छ । यसअघि दुई पटकसम्म एमालेको अवरोधका कारण संसद चल्न सकेको थिएन ।

Share: