
काठमान्डौ/एउटा ह्रिस्टपुस्ट बलियो दाउरे एउटा काठ व्यापारी कहाँ कामको खोजिमा गएछ । दाउरेका ठुला ठूला पाखुरा देखेर काठ व्यापारीले दाउरेलाइ जंगलमा गएर रुख काट्ने काम दिएछ । रुख काट्नलाई एउटा बन्चरो दिदै भनेछ,’मेहनत गर तलब राम्रै पाउछौ ।’ राम्रो तलबमा आफूले गर्न जान्ने काम पाएर दाउरे अत्यन्त खुसि थियो र एकदम राम्रो काम गरेर देखाउछु भनेर हौसिएको थियो ।
दाउरेले काम गरेको पहिलो दिन १८ वटा रुख काटेर ल्यायो । यो देखेर साहुले भन्यो,’राम्रो गरेछौ, सधै यसरी नै काम गर्नु ।’ साहुको प्रेरणाले दाउरे भोलि पल्ट अझ बढी रुख काट्ने लक्ष लिएर जंगल पस्यो । तर साँझसम्म जम्मा १५ ओटा मात्र रुख काट्न सक्यो । तेस्रो दिन त जम्मा १२ वोटा मात्र काट्न सक्यो । दाउरेले सकेसम्म मेहेनत त गर्थ्यो तर जति-जति दिन बित्दै गयो झन् -झन् कम मात्र रुख काट्न सक्यो । दाउरे निराश थियो ।
म एकदम कमजोर भएछु,’दाउरेले मन मनै सोच्यो र साहु कहाँ गएर भन्यो’,’साहुजी मैले तपाईले सोचे अनुसार काम गर्न सकिन, पहिलो दिन मा १८ वोटा रुख काटे तर अहिले १० वोटा नि काट्न सक्दिन। मलाई के भाको हो थाहा नि भएन । म लज्जित छु ।’ साहुले दाउरेलाइ सोध्यो,’तिमीले बन्चरोमा धार कहिले लगायौ ?’ ‘बन्चरोमा धाररु म संग बन्चरोमा धर लगाउने समय नै छैन नि साहु जी, म त रुख काट्न मै व्यस्त छु ।’ दाउरेले जवाफ दियो।
अत:
हाम्रो जीवन पनि दाउरेको जीवनसंग ठ्याक्क मिल्दछ । हामी काममा तेत्ति व्यस्त हुन्छौँ कि हामी पनि आफ्नो बन्चरोमा धार लगाउन बिर्सन्छौ । आजको समाजमा सबै जना अत्यन्त व्यस्त छन् । भागम-भाग चलिरहेछ । जति जति हामी व्यस्त हुन्छौ तेत्ति तेत्ति परिवारमा खुसियाली पनि हराउँदै जादैँछ। किन होला रु यो हुनुको कारण कतै हामी पनि दाउरेको बन्चरो जस्तो धारिलो नहुनुले त हैन ?
मेहनत र कडा परिश्रम नराम्रो चिज होइन तर हामी तेत्ति व्यस्त पनि हुनु हुँदैन कि अन्य आवश्यक कुराहरु जस्तै परिवारलाइ दिनुपर्ने साथ, आत्मसंतुष्टिका लागि गरिने कार्यहरु, प्रकृतिसँग नजिकिनु, खोज अनुसन्धान जस्ता कार्यहरुमा समय व्यतित गर्न नपाइयोस ।
हामी सबैलाइ आराम चाहिन्छ । सोच्ने र ध्यान गर्ने समय चाहिन्छ ताकी हामी अझै सिक्न र बढन सकौँ । यदि हामीले आफ्नो बन्चरो रुपी जीवन जिउने कलालाइ तिखार्न सकेनौँ भने हामी पनि दाउरे जस्तै उदासिन र निष्प्रभावी हुन जान्छौँ ।