लुक्लाबाट काठमान्डौ उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

341
0
Share:

काठमान्डौ/लुक्लाबाट काठमान्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो ।

 

‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने । हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन् । हेलिकप्टरका पाइलट नेपाली हुन् ।

Share: