बालेनलाई वारिस राख्ने सुविधा दिन सर्वोच्चद्वारा अस्वीकार

261
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।

 

तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले बालेनलाई वारेसको सुविधा नहुने भनेको हो । अब बालेनले आफैँ अदालतमा उपस्थित हुनुपर्ने छ ।

 

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने बताएपछि उनीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो ।

 

Share: