
काठमान्डौ/सरकारले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ । मङ्गलवार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो । बस्नेतले व्यवस्थपनमा स्नाकोत्तर पास गरेकी छन् । २०६३ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी बस्नेत २०६७ मा शान्ति मन्त्रालय र महिला तथा बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सहसचिव हुँदै आज सचिव मा बढुवा भएकी हुन् ।
उनी कर्णाली प्रदेशबाट नेपाल सरकारको सचिव पदमा पुग्ने पहिलो महिला हुन् ।