Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

257
0
Share:

काठमान्डौ/नेपाली बजारमा हप्ताको पाँचौ दिन आज बिहीबार सुन–चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो ।

Share: