Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमान्डौ महानगरद्वारा छात्रवृत्तिको परीक्षाका लागि आवेदन माग – Lekhanpeeth

काठमान्डौ महानगरद्वारा छात्रवृत्तिको परीक्षाका लागि आवेदन माग

263
0
Share:

काठमान्डौ/काठमान्डौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

 

काठमान्डौ महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०र०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।

 

आवेदन आज ९२८ गते० बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने महानगरले जनाएको छ ।

 

परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने माहनगरले जनाएको छ ।

ktm suchana1689210446.JPG

Share: