Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची – Lekhanpeeth

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

278
0
Share:

काठमान्डौ/राष्ट्रिय सभा बैठक बस्दै छ । हिजो (बुधबार) स्थगित भएको बैठक आज बिहान १०:०१ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ ।

 

त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

 

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

Share: