आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

180
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ । हिजो अर्थात् बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज हिजोको तुलनामा आज सुन प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै, हिजो छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हिजोको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेको हो ।

Share: