Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सालिक छैन, भानुचोक छ… – Lekhanpeeth

सालिक छैन, भानुचोक छ…

192
0
Share:

काठमान्डौ/नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याउएका योगदानका विविध पक्षको स्मरण गर्दै चर्चा गरिएको छ । मोर्डन कन्या मल्टिपल कलेज, भीमसेन गोला, बानेश्वरले आज आयोजना भानुजयन्ती कार्यक्रममा इतिहासविद्, साहित्यकार, प्राध्यापक र छात्राहरूले भानुले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानबारे कविता र मुक्तकमार्फत उजागर गर्दै उनलाई प्रेरणा दिने घाँसीको समेत स्मरण गरे ।

 

सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले भानु आफूले आर्जेको ज्ञानलाई रचनामार्फत उजागर गरेकै कारण आज संसारका कुनाकाप्चामा पुग्न सफल भएको बताए । उनले भने, ‘भानुको योगदानलाई औपचारिक रूपमा चिनाउने काम दार्जिलिङबाट भएकामा त्यसको धेरैपछि मात्र नेपालमा जयन्ती मनाउन सुरु गरिएको हो ।’

 

उनीहरूले विदेशमा भानुका धेरै सालिक र स्मारक भए पनि यहाँ भएका भने तोडफोड गरिएकामा दुखेसो पोखे ।सालिक नष्ट गरिए पनि अझै जनकपुरलगायत कतिपय स्थान विशेषको नाम भानुचोकबाट परिचित छ । पृथ्वीनारायण शाहको टुक्राटुक्रामा विभाजित नेपाललाई एकीकरण गर्ने अभियानलाई भानुभक्तले भाषा र साहित्यका माध्यमबाट पूर्णता दिएका थिए । नेपालीजनले रुचाइएका शब्द र लय टिपेर लेखिएको ‘रामायण’ले नेपालीलाई भाषागत रूपमा एकीकरण गर्न सफल भएकोे हो ।

 

इतिहासविद् प्रा दिनेशराज पन्तले ससाना राज्यमध्ये सबैभन्दा कमजोर गोरखाका राजा पृथ्वीनारायणले राज्यविस्तार गरी भौगोलिक एकीकरणको भाव दिएजस्तै भानुकै योगदानका कारण अहिले विश्वका एक सय ९० भन्दा बढी मुलुकमा नेपाली भाषा पनि पुगेकामा गौरव प्रकट गरे ।

 

दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तले नेपाली जाति विश्वका जुन कुनामा पुगेका छन् त्यहाँ भानुभक्त पनि पुग्छन् भन्ने मान्यता रहेको बताए । उनले भने, ‘तलबार र कलमको तागतमध्ये कुन बलियो भन्ने उत्तर ‘रामायण’ले दिएको छ, तलबारको शक्ति खुम्चिएको छ भने भानुले आर्जेको कलमको तागत फैलँदो छ ।’ साहित्यकार जय छाङ्छाले भानुले नैतिक र नीति शिक्षाका लागि ठूलो प्रेरणा प्रदान गरेको जनाउँदै उहाँ स्वदेशमा भन्दा विदेशमा लोकप्रिय र पूजनीय रहेको विचार राखे ।

 

कलेजका अध्यक्ष प्रा डा रामप्रसाद दाहालले ‘भानुभक्तको रामायण’ रचना नभएको भए नेपाली साहित्य आजको जस्तो परिष्कृत र विकास नहुने बताए । उन ले भने, ;बयालिस वर्षदेखि मैले निरन्तर रूपमा भानुजयन्ती कार्यक्रम गर्दैआएको छु, उनको ‘रामायण’ थिएन भने नेपाली साहित्य अहिलेको अवस्थामा हुन्थेन, भानुको योगदानलाई राज्यले कदर गर्नुपर्छ, त्यसमा अझै कमजोरी छ ।’

 

कलेजका प्राचार्य सविन पोखरेलले भानुभक्तको भाषा, साहित्य र शब्द चयनले उहाँ चिरपर्यन्त झन् झन् अमरत्व प्राप्त गरिरहेको बताए । सो अवसरमा सहभागी वक्ताले भानुजयन्ती राष्ट्रियता जगाउने कविता महोत्सवका रुपमा रहेको चर्चा गर्दै विदेशमा स्थापित सालिक, स्मारक र आयोजना हुने कार्यक्रमले उनी स्वदेशजत्तिकै विदेशमा पूजनीय र स्थापित रहेको धारणा राखे ।

 

कार्यक्रममा आदिकविका तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरियो । सो अवसरमा कलेजका छात्रा शर्मिला कार्की, गङ्गा केसीलगायतले भानुको काव्य सोच, अहिले मुलुकमा बिथोलिएको राजनीतिक घटना र कतिपय नेतामा देखिएको नैतिकताका खडेरी सम्बन्धमा व्यङ्ग्यात्मक रचना प्रस्तुत गर्नुभयो भने मुक्तक समाजका अध्यक्ष रामकाजी कोनेले भानु र मायाप्रीतिसँग सम्बन्धित मुक्तक वाचन गरेका थिए ।

 

Share: