एनआरएनए अष्ट्रियाको महिलातर्फको उपाध्यक्ष पदमा सन्तोषी भण्डारीको उम्मेदवारी

251
0
Share:

काठमान्डौ/गैर आवसीय नेपाली संघ (एनआरनएनए)अष्ट्रियाको महिलातर्फको उपाध्यक्ष पदमा सन्तोषी भण्डारी (स्याण्डी रेनर) को उम्मेदवारी दिएकी छन् । नेपाली समुदायको हितका लागि विभिन्न समाजसेवा गर्दै आएकी सन्तोषी भण्डारीले यहि जुलाई २२ मा गैर आवसीय नेपाली संघ अष्ट्रिया शाखामा हुने निर्वाचनका लागिे महिलातर्फको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् ।

 

अष्ट्रियन नागरिक एन्ड्रिज रेनरसंग विवाह बन्धनमा बाँधिएर उतै घरजम गरेकी सन्तोषीको गृह जिल्ला भने नेपालको धादिङ् हो । सन्तोषी भण्डारीलाइ अस्ट्रियामा अहिले स्याण्डी रेनर भनेर सबै ले चिन्दछन। लामो समयदेखि विदेशमा वसोवास गर्दै आएकी स्याण्डी रेनर समाजसेवी तथा कलाकार हुन् ।

 

विदेशी नागरिक भएपनि नेपाली भाषा, कला र साहित्यमा सधैं उनी सक्रिय छिन् । अन्तरास्ट्रिय कलाकार मंच इर्नासकी अष्ट्रियाकी अध्यक्ष हुन् स्याण्डी । ईनास पूर्व उनी नेसास मार्फत सक्रिय थिइन् । युरेपेली मुलुक अष्ट्रियामा थोरै संख्यामा नेपाली वसोवास गरेता पनि उनी नव पिढी लाई नेपाली संस्कृति र संस्कार सिकाउन लागि परेकी छिन् । नेपालीहरुले मान्दै आएका चाडपर्वहरु जस्तै होली, तीज, ल्होसार, दशैं र तिहारमा केहि न केहि कार्यक्रम आयोजना गरि त्यहाँ बस्ने नेपालीहरुलाई एकतावद्ध गर्न क्रियाशिल रहँदै आएकी छिन् । उनले नेपाली भेषभुषा, भाषाको सम्बर्धनमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएकी छिन् ।

 

‘संस्थागत रुपान्तरण, सामाजिक एकता सबैको एनआरएन हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएकी स्याण्डी अत्याधिक मत ल्याएर विजय हुनेमा आशावादी छिन् । अहिले सम्म उनले गरेको कामले सवैको मन जितेको र यसैलाई आधार मानेर आफ्नो जित सुनिश्चित हुनेमा उनी ढुक्क छिन् । यतिका बर्ष नेपालीहरुको हितमा काम गरियो अब थप जिम्मेवारी लिएर सामाजिक एकताको लागि चुनावी मैदानमा उत्रिएको उनको भनाई छ ।

Share: