Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न चलचित्र कलाकार संघको माग – Lekhanpeeth

सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न चलचित्र कलाकार संघको माग

Share:

काठमान्डौ/नेपाल चलचित्र कलाकार संघले कलाकार सारुक ताम्राकारको निधनबारे छानबिन गर्न माग गरेको छ । ताम्राकारको निधनलाई लिएर जनस्तरबाट पनि न्यायिक छानबिनको माग भइरहेको भन्दै घटनाको गहिरो छानबिन हुन आवश्यक रहेको संघले बताएको छ ।

 

संघले छानबिनबाट कोही दोषी देखिए कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सारुक ताम्राकारले हाल अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायाङ्कनको कममा भएका घटना र सन्दर्भहरू विभिन्न अनलाइनमार्फत अभिव्यक्ति गर्नुभएकोले सो सम्बन्धमा पनि छानबिन गर्ने निकायले अनुसन्धान गरी यदि कोही दोषी देखिए सत्य तथ्य उजागर गरी कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौँ ।’

 

सारुकले असार २८ गते बिहीबार राति प्लास्टिकको पासो लगाएर आत्महत्या गरेका थिए। सारुकले ‘ह्यासट्याग माया’ सिनेमाको छायाङ्कन गरेर फर्किएको साँझ आत्महत्या गरेका थिए । सारुकको आत्महत्यालाई लिएर सिने जगतभित्र तरङ्ग सिर्जना भएको छ। एक नायिकासँगको सम्बन्धमा सारुक रहेको र उनकै कारण सारुक आत्महत्या गर्ने अवस्थानमा पुगेको धेरैले आरोप लगाइरहेका छन् ।

Share: