आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

161
0
Share:

काठमान्डौ/हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज (सोमबार)देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

यस्तैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

Share: