सुनको मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

183
0
Share:

काठमान्डौ/साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Share: