
काठमान्डौ/हप्ताको चौँथो कारोबारको दिन आज (बुधबार) सुनको मूल्य रेकर्ड मूल्यबाट प्रतितोला ५०० रुपैयाँ घटेको छ । मंगलबार १ हजार ७०० रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार भने प्रतितोला ५०० रुपैयाँ घटेको हो ।
बुधबार छापावाला सुनको मुल्य १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य१ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।लरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ७३ पैसामा कारोबार भइरहेको छ ।



