बन्द भयो टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’

Share:

काठमान्डौ/टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको छ । विशाल भण्डारीले निर्देशन गर्दै आएको उक्त कार्यक्रम ६९ औं एपिसोडपछि बन्द भएको निर्माण टिमले जानकारी दिएको हो।

 

कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की सहभागी रहेका थिए। यसको अध्यक्षका रुपमा दीपाश्री निरौला रहेकी थिइन् ।

 

यस बारेमा निर्देशक विशाल भण्डारीले भने अर्को रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ सुरु हुने भएकाले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द गरेको जानकारी दिएका छन् । १६ महिना अघिदेखि सुरु भएको यस शोका कलाकारहरुले विभिन्न विषयमा कमेडीमार्फत दर्शकलाई हँसाउने प्रयास गर्दै आएका थिए ।

 

६९औं एपिसोड प्रसारणपछि कार्यक्रम स्थगन गरिएको हो । यो अहिलेको हिट टेलिभिजन कार्यक्रममा पर्छ । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा प्रतिस्पर्धा गरेका प्रतिभाशाली कमेडीयनहरूलाई लिएर भण्डारीले यो शोको सञ्चालन गर्दै आएका छन् ।

 

यसैबीच यही टीमले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि भण्डारीले जानकारी गराएका छन् ।

Share: