Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हाजिरी जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी – Lekhanpeeth

हाजिरी जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी

215
0
Share:

काठमान्डौ/भक्तपुर प्रहरीले टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीलाई आज हाजिरी जमानीमा रिहा गरेको छ । मदिरा सेवन गरेर कार चलाएको र दुर्घटना गराएको आरोपमा भण्डारी शुक्रबारदेखि प्रहरी नियन्त्रणमा थिए ।

 

शनिबार घाइतेहरुका परिवारसँग छलफल र भण्डारीले घाइतेहरुको उपचार खर्च बेहोर्ने गरी कागज भएपछि उनी हाजिर जमानीमा छुटेको भक्तपुरका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।निर्देशक भण्डारीले र ‘कमेडी च्याम्पियन’ टिमका सदस्यहरु रहेको बा–१–०२६ ०३५९ नम्बरको कार बिहीबार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।

 

कारमा सवार ६ जना नै घाइते भएका थिए । घाइतेहरुलाई मध्यपुर ठिमी अस्पताल लगिएको थियो । उनीहरुमध्ये कमेडियन सुशान्त बस्यालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Share: