एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

145
0
Share:

काठमान्डौ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

उनले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका हुन् ।

 

ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

 

उपाध्यक्ष नेम्वाङका अनुसार ओली साउन ८ गते स्वदेश फर्किनेछन् ।

Tagskp oli
Share: