Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फिल्म खेल्दै ओली – Lekhanpeeth

फिल्म खेल्दै ओली

289
0
Share:

काठमान्डौ/एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन्। तेजाब आक्रमणविरुद्ध जनचेतना जगाउन निर्माण गर्न लागिएको चलचित्र ‘नमेटिने घाउ’मा ओलीले अभिनय गर्न लागेका हुन्।

 

अभिनेता रमित ढुंगानाले निर्माण गर्ने फिल्म ‘नमेटिने घाउ’मा आफूले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लागेको एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

 

‘तेजाब आक्रमणविरुद्ध जनचेतना जगाउन अभिनेता रमित ढुंगानाले ‘नमेटिने घाउ’ नामको फिल्म बनाउँदै हुनुहुन्छ। तेजाब आक्रमणबाट पीडित नानीबाबुहरूले पनि फिल्ममा अभिनय गर्दै छन्। आज तिनै पीडितहरूसँगै फिल्मको शुभमुहुर्तमा सहभागी हुने अवसर मिल्यो,’ ओलीले लेखेका छन्, ‘तेजाब आक्रमणजस्तो मानवताविरोधी अपराध नियन्त्रण गर्न कानुन ल्याउँदाको क्षण आज नानीबाबुहरूले सम्झाए। त्यसवेला म प्रधानमन्त्री थिएँ। आज उनीहरूले फिल्ममा पनि मैले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुपर्छ भन्ने प्रस्ताव राखे। मैले स्वीकृति जनाएको छु।’

Share: