Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता – Lekhanpeeth

रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता

Share:

काठमान्डौ/रोल्पामा सङ्घ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्ये रू ५६ करोड १५ लाख ९० हजार बजेट खर्च हुन नसकेर फिर्ता गएको हो ।

 

जिल्लामा सङ्घतर्फ रू ८३ करोड २३ लाख ४३ हजार र प्रदेशतर्फ रू एक अर्ब ३२ करोड ८४ लाख १८ हजार गरी कूल रू दुई अर्ब १६ करोड सात लाख ६१ हजार बजेट प्राप्त भएको थियो ।

 

प्राप्त बजेटमध्ये सङ्घतर्फ रू ५७ करोड ७४ लाख ७७ हजार र प्रदेशतर्फ रू एक अर्ब दुई करोड १६ लाख ८३ हजार गरी कूल रू एक अर्ब ५९ करोड ९१ लाख ७० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए । उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये सङ्घको रू २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको रू ३० करोड ६७ लाख ३४ हजार रहेको छ । उक्त रकम कूल बजेटको करिब २६ प्रतिशत हो ।

 

जिल्लामा सङ्घतर्फ रू पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ रू ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ रू छ अर्ब ६३ करोड ३५ हजार प्राप्त भएको थियो । चालुतर्फ प्राप्त बजेटमध्ये सङ्घको रू पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ रू ६२ करोड ७४ लाख ४४ हजार गरी कूल रू छ अर्ब दुई करोड ९६ लाख ५४ हजार खर्च भएको छ ।

Share: