Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाःबाख्रालाई डाले घाँस र आलु भण्डारण घर – Lekhanpeeth

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाःबाख्रालाई डाले घाँस र आलु भण्डारण घर

Share:

काठमान्डौ/प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बागलुङमा सञ्चालन गरेको बाख्रा ब्लक र आलु ब्लक कार्यक्रमका लागि विभिन्न संरचना तयार गरेको छ । पशुधनको रुपमा बाख्राको व्यावसायिक उत्पादन र आलुको व्यावसायिक उत्पादनका लागि कार्यक्रमले किसानलाई सहयोग गरेको हो ।

 

आव २०७९/८० मा मात्रै बागलुङ जिल्लाभर ६२ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि बाख्राका लागि डाले घाँसको व्यवस्थापन गर्ने सम्मका संरचना तयार भएका हुन् । गत आर्थिक वर्षमा परियोजनाले ६ वटा उपकरण र पशुको नश्लसुधारका लागि २७ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

 

बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आलुको भण्डारणका लागि भण्डार घर निर्माण भएको छ । नवी गाउँमा हरेक वर्ष आलुको उत्पादन राम्रो हुने तर किसानले भण्डारण गर्न नपाउँदा आलुको समय सकिँदा बजारमा आलु नपाउने समस्या थियो । किसानले नै पहिचान गरेको समस्याका आधारमा भण्डारण घर निर्माण गरिएको हो । ढोरपाटन नगरपालिकाकै दुवालामा अर्को सुविधासम्पन्न भण्डारण घर निर्माण गरिएको परियोजना कार्यान्वयन इकाई बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताए ।

 

आलु भण्डारण घर परियोजनाले गत आर्थिक वर्षमा तयार गरेका सबैभन्दा ठूला संरचना हुन् । बागलुङमा बाख्राको व्यावसायिक उत्पादनका लागि डाले घाँस वृद्धिको कार्यक्रमलाई पनि जोड दिइएको छ । पौडेलका अनुसार गत आर्थिक वर्षमा एकवटा सामुदायिक नर्सरी र एकवटा डालेघाँसको नर्सरी स्थापना गरिएको छ ।

 

त्यस्तै यो अवधिमा चार वटा चापकटर, दाना बनाउने मेसिन एक वटा किसानलाई हस्तान्त्रण गरिएको छ । आलु जोन र बाख्रा जोन कार्यक्रम सञ्चालनमा रहेको बागलुङमा विभिन्न पकेट तथा ब्लकमार्फत परियोजनाले संरचना निर्माण तथा प्रविधि हस्तान्तरणमा सहयोग गरेको हो ।

 

सङ्घीय, प्रदेश र स्थानीय सरकारमार्फत स्रोत परिचालन हुने परियोजनाअन्र्तगत बागलुङमा ९ वटा ब्लक र ५७ वटा पकेट क्षेत्रमा कार्यक्रम सञ्चालनमा रहेको उनले जानकारी दिए । ‘हामीले दुई जिल्ला बागलुङ र पर्वत हेर्नेगरी बागलुङमा कार्यालय राखेर परियोजना चलाईरहेका छौँ, उनले भने,’बागलुङमा प्राथमिकतामा रहेको दुग्ध उत्पादन जोन कार्यक्रम कार्यान्वयन हुन बाँकी छ, आलु जोन पहिलेदेखि नै चलेको हो भने बाख्रा जोन कार्यक्रम पनि अघिल्लो आर्थिक वर्षबाट सञ्चालनमा आएको छ ।’

 

पकटे कार्यक्रमका लागि स्थानीय तह, ब्लकका लागि प्रदेश र जोन विकासका लागि सङ्घीय सरकारमार्फत बजेट परिचालन हुने पौडेलले बताए । आलु भण्डारण घर निर्माणको लागि परियोजनाले आठ लाख रुपैयाँ खर्चेको थियो । त्यस्तै परियोजनाले बाख्रामा नश्ल सुधारका लागि उन्नत जातका बोका किसानलाई उपलव्ध गराएको थियो । विभिन्न समूहमार्फत २७ उन्नत जातका बोका वितरण गरिएको वरिष्ठ कृषि अधिकृत पौडेलले बताए ।

Share: