विमानस्थल सुनकाण्डबारे दीपक मल्होत्रा भन्छन् : ‘कानूनी कारबाहीमा जान्छु, चरित्रहत्या भयो’

505
0
Share:

काठमान्डौ/व्यवसायी दीपक मल्होत्राले बुधबार (हिजो) विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नता रहेको भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् । उनले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।

 

उनले भने,’एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भवसमेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जान्छु ।’ दिउँसो पत्रकार सम्मेलन गरेर आफू कानूनी कारबाहीमा जाने उनले बताए ।

 

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेको थियो । विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

 

विभागले बरामद सुनसँगै दुई जनालाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा आज बिहान थप चार जनालाई विभागले पक्राउ गरेको छ । यो सँगै उक्त प्रकरणमा ६ जना पक्राउ परेका छन् ।

Share: