
काठमान्डौ/कान्तिपुर टीभीमा प्रसारण हुँदै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द भएको छ । टेलिभिजनले बिहीबार फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको हो ।
होस्ट सन्दीप क्षेत्रीले अभिनेता पल शाहलाई अतिथि बनाएर लिएको अन्तर्वार्ता गत असार २३ मा प्रसारण भएको थियो । कार्यक्रममा पल शाहले जेल जीवनका घटना हँस्यौला पारामा सुनाएका थिए भने सन्दीपले झन् उक्साई उक्साई सोधेका थिए ।
उक्त शृंखला युट्युबमा आउने बित्तिकै कार्यक्रम र शैलीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । दर्शकको आलोचनापछि टेलिभिजनले उक्त शृंखला युट्युबबाट हटाएको थियो ।