सुन तस्करीका आरोपितलाई अनुसन्धान गर्न उच्च अदालतले दियो १० दिनको म्याद

146
0
Share:

काठमान्डौ/उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

 

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहित ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनकी उपरजिस्ट्रार तथा प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

 

मोटरसाइकलको ब्रेक सूभित्र राखेर सुन तस्करीमा संलग्न भएको आरोपमा ६ नेपाली र एक चिनियाँसहित ७ जना पक्राउ परेका छन् ।

Share: