Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२६ अंकले घट्यो नेप्से – Lekhanpeeth

२६ अंकले घट्यो नेप्से

219
0
Share:

आज सोमबार नेप्से परिसूचकमा २६.६६ अंकको गिरावट आएको छ ।

 

आज नेप्से १.१९ प्रतिशतले घटेर २२००.५० बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। १.१९ प्रतिशतले घटेसँगै नेप्से परिसूचक २२ सय अंकको बिन्दुमा आएर रोकिएको छ । आज नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज ५० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर छ ।

 

परिसूचक घटेपनि आज किसन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कित्तामा ७९ रुपैयाँले बढेपछि आज कम्पनीको सेयर मूल्य ८७१ रुपैयाँ पुगेको छ । यसबाहेक आज एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ ।नेप्से परिसूचकमा २६ अंकको गिरावट आउँदा म्यूचुअल फण्ड समूह ०.१४ अंकले र अन्य समूह ४५ अंकले बढ्नुबाहेक सबैमा गिरावट आएको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूह १४३ अंकले घटेको छ भने उत्पादनमूलक समूह ११४ अंकले घटेको छ ।

Share: