Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एक वर्षमा २६ अर्बको फोन नेपाल भित्रिए – Lekhanpeeth

एक वर्षमा २६ अर्बको फोन नेपाल भित्रिए

200
0
Share:

काठमान्डौ/गत आर्थिक वर्ष २०७९/०८० मा स्मार्टफोन र अन्य फोन गरी ३९ लाख ३५ हजार ३६७ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् ।करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरका यी डिभाइसबाट सरकारले चार अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाएको छ ।

 

यीमध्ये स्मार्टफोनको संख्या १५ लाख ६९ हजार ५९६ छ । बाँकी अन्य वायरलेस नेटवर्कका सेलुलर फोन रहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार स्मार्टफोन मात्रै २४ अर्ब ३९ करोड रुपैयाँ बराबरका भित्रिएका हुन् । यसबाट सरकारले चार अर्ब ५५ करोड रुपैयाँ राजस्व उठाएको छ ।

 

एक वर्षमा भित्रिएका अन्य फोनको संख्या २३ लाख ६५ हजार ७७१ छ । दुई अर्ब ११ करोड रुपैयाँ बराबरका यी फोनबाट सरकारले करिब ३३ करोड रुपैयाँ राजस्व उठाएको छ ।

 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा स्मार्टफोन र अन्य फोन गरी ५७ लाख ६३ हजार सेट मोबाइल नेपाल भित्रिएका थिए । ४० अर्ब ८९ करोड मूल्य बराबरका यी फोनबाट सरकारले ६ अर्ब ५४ करोड राजस्व उठाएको थियो ।

Share: