
काठमान्डौ/साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ४६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।